national-pabson_webएनप्याबसन दाङका अध्यक्ष प्रकाश शर्माले निजी बिद्यालयलाई शिक्षा ऐनमा बिभेद गरिएको बताएका छन् । उनले संस्थागत बिद्यालयलाई शिक्षा ऐनमा नसमेटेको गुनासो गर्दै शिक्षा ऐनलाई सकरात्मक र नकरात्क दुबै दृष्टिकोणले हेरेको बताए । उनले राप्ती समाचारलाई भने –‘धेरै पहिला देखि हामी संस्थागत बिद्यालय सम्बन्धमा छुटै एउटा ऐन आउनु पर्छ भन्दै आएका थियौं तर,संस्थागत बिद्यालयलाई नसमेटेर आफ्नै किसमले ल्याएको ऐनलाई सकारात्मक मान्न सकिन्न ।’