तुलसीपुर नगरपालिकाले साउन १ गते देखि लागुहुने सम्वन्धित वडा कार्यालयहरु वाटै सेवा दिने भएको छ । तुलसीपुर नगरपालिकाको सोमवार वसेको वोर्ड बैठकले साउन १ गतेदेखि लागुहुने नगरका सबै वडाहरुवाट सेवा दिने निर्णय गरेको हो । हाल सम्म साविक टरिगाउँ, उरहरी र हलवारका गाविसका कार्यालयहरु बाटै सेवा दिँदै आईएको थियो । जसले गर्दा वडा वासिले ठूलो सास्ति खेप्नु परेको थियो । सेवा लिनका लागि झन्डै एक ढेड घन्टा हिड्नुपर्नै बाध्यता थियो । त्यसकुरालाई मनन गर्दै नगरपालिकाले साउन १ गते देखि हरेक वडाहरुवाट सेवा सुरु गर्ने निर्णय गरेको हो ।
तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठले उक्त निर्णय गरेको हो । गत २०७१ साल मंसिर १६ गतेका दिन मन्त्री परिषदको निर्णय अनुसार तुलसीपुर नगरपालिकाको विस्तार भएको थियो । नगर विस्तार भएपनि सेवा भने साविककै गाविस कार्यालयवाटै दिईदै आईएको थियो । जसले गर्दा तुलसीपुर नगरपालिका वडा नं। १६ का स्थानीयहरुले पर्सेनी स्थित वडा नं। १५ को वडा कार्यालयमा आउन झन्डै अढाई घन्टा वढी समय लाग्ने गरेको थियो । तर साउन १ गते देखि वडा नं। १६ को कार्यालय वनहरीमै स्थापना भएमा आधा घन्टा भित्रै वडा कार्यालय पुग्ने सक्ने अवस्था आउने स्थानीयले अपेक्षा गरेका छन् ।
त्यस्तै साविक उरहरी गाविसको वडा नं। २० को वेलगनारीवाट संयुक्त वडा कार्यालय उरहरी पुग्न झन्डै डेढ घन्टा वढी समय लाग्द थियो तर साउन १ गते देखि वडा नं। २० को प्रिगाउँमा वडा कार्यालय स्थापना भएमा झन्डै एक घन्टा बढीको समय बचन हुने अपेक्षा गरिएको छ । त्यस्तै साविक टरिगाउँ गाविसको वडा नं। १२ कपडादेवीका नागरिक संयुक्त वडा कार्यालय १३ गौरीगाउँ पुग्न डेढ घन्टा वढी हिड्नुपर्ने बाध्यताको अन्त्य हुने छ । किनकी उक्त निर्णय कार्यान्वयन भएमा वडा नं। १२ को वडा कार्यालय पुकार पसलको आसपासमा स्थापना हुने छ ।
त्यसवाट पनि स्थानीयको एक घन्टा वढीको समय बचत हुने छ । राज्यको विकेन्द्रीकृत नीति अनुरुप जनताको घरदैलोवाट सेवा प्रदानगर्ने उदेश्य अनुरुप नगरपालिकाले यस्तो निर्णय गरेको छ । यसअघि नगरपालिकाको ११ वडामा वडा सचिव पहिले नै यथावत थिए । तर पछिल्लो सेवा विस्तारको योजना संगै वडा सचिवहरु थप गरिएको छ । सोमवारको वोर्ड बैठकले टरिगाउँ अन्तरगत वडा नं। १२ मा राधा लामिछानेलाई वडा सचिवको जिम्मा तोकिएको छ भने वनहरी अन्तरगत वडा १६ मा वशन्त भुषाललाई सचिवको जिम्मेवारी दिइएको छ । यसअघि नै वडा नं। १८मा सुशीला शाह, १९ मा मानबहादुर रावत र वडा नं। २० केशवराज डाँगीलाई वडा सचिव वनाइएको थियो ।
