केएम निष्ठुरी
नेपाली लोकदोहोरी क्षेत्रका सुपरस्टार दंगाली चेला लोकप्रिय गायक चन्द्र शर्माले तीजको कोशेली बाटुलो ऐना लिएर नेपाली सांगीतिक बजारमा आएका छन् ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज बिशेष धमकेदार कोशेली लिएर गायक शर्मा नेपाली लोक सांगीतिक बजारमा आएका हुन् ।
नेपाली जनमानसमा अत्यन्तै लोकप्रिय लोक दोहोरी गीत लिएर चर्चाको शिखरमा पुगेका गायक शर्माले यस बर्षको तीजमा पनि उतिकै तहल्का मच्चाउने तीज गीत सार्वाजकिन गरेका हुन ।
तीज नजिकिदै गर्दा पछिल्लो समय नेपाली कला क्षेत्रका कलाकारहरुले एकपछि अर्को गर्दै आफ्ना कोशेलीहरु पस्कने क्रममा बहुचर्चित मोडेल तथा नृत्याङ्गना अन्जली अधिकारी र शंकर बिसी अभिनित भिडियो सहित कोशेली “बाटुलो ऐना” तीज गीत बजारमा आएको हो ।
एल्बम बाटुलो ऐनामा लोकप्रिय लोकदोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा र मञ्जु ज्योती गौडेलले स्वर दिएका छन् भने रबिन लामिछानेको शब्द, संगीत रहेको छ ।
लोकप्रिय गायक चन्द्र शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको तीज गीतले नेपाली संगतिक बजारमा राम्रो स्थान पाउने आशा गरिएको छ ।
हेर्नुहोस भिडियो
