इन्द्रेणी संवाददाता 

तुलसीपुर २७ असार ।  दाङको तुलसीपुरमा निर्माणाधिन पर्खालवाट खसेर सल्यानका एक ब्यक्तिको मृत्यू भएको छ । सल्यानको फलावाङ ८ का ६३ वर्षीय भिमवहादुर चलाउनेको निर्माणाधिन पर्खाल भत्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

591043386f3e1b4498e3385c903390f1तुलसीपुर ३ गणेशपुर चौक स्थित कृष्ण रिजालको घरको पर्खाल लगाउने क्रममा त्यसवाट खसेर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश राज शर्माले जानकारी दिए । पर्खालवाट खसेर गम्भिर घाइते भएका चलाउनेको उपचारका लागि रााप्ती अञ्चल अस्पताल लैजाँदै गर्दा वाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।