इन्द्रेणी संवाददाता
दाङ, ८ असार । दाङमा थप एक स्वास्थ्यकर्मीसहित पछिल्लो समयमा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

koroकेही दिनपहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएकोमा आइतवार थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतवार तुलसीुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र एक स्वास्थ्यकर्मीसहित ११ जनाका कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै दाङमा कोरोना संक्रमतिको संख्या २७२ पुगेको छ ।