काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि संसदमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट प्रस्तुत गरेका हुन् । बजेटमा वित्तीय व्यवस्थानको लागि १ खर्ब ७२ अर्ब विनियोजन भएको छ ।
सो बजेट पूर्तिका लागि राजस्वबाट ८ अर्ब ८९ करोड ६२ लाख, वैदेशिक सहयोगबाट वाट २ खर्व ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्व २५ अर्ब अनुमान गरिएको छ ।
सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।











