दाङ, १५ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ दाङले बिबिध कार्यक्रम गरी वन महासंघको २५ औ स्थापना दिवस मनाउन आग्रह गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी र सचिव जानका के.सी.ले आज एक बिज्ञप्ति निकालेर भोली जेठ १६ गतेखि तीन दिनसम्म आफू अनुकुल बिविध कार्यक्रम गरी महासंघको २५ औ स्थापना दिवस मनाउन जिल्लाका १० वटै स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेका छन् । वन महासंघले हरेक बर्ष जेठ १८ गते आफ्नो स्थापना दिवस मनाउने गर्दछ ।











