इन्द्रेणी संवाददाता
काठमाडौं, १५ जेठ । नेपालमा आजएकै दिन थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो पुष्टि हुने दर आजसम्मकै सबैभन्दा बढी हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । १८७ जना निको भएर घर पनि फर्किएका छन् । ८६ हजार ५७ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।











