काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । कोरानाका कारण ओपचारिक रुपमा कार्यक्रम गरेर नमनाइए पनि सरकारले साँझ घरघरमा दिप बालेर गणतन्त्र दिवस मनाउन सबैलाई आग्रह गरेको छ ।
१३ औं गणतन्त्र दिपसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छनु ।
त्यसैगरी गाणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।