इन्द्रेणी संवाददाता

कोरोनाको महामारी फैलिरहेकाबेला दाङमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार दाङ घोराहीको वडा नम्बर  १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना २४, २५, ४०, ४२ वर्षका पुरुष हुन् ।

त्यसै आज बुधबार नै भेटिएका लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन् । त्यस्तै संक्रमित हुनेमा २० वर्षकी एक महिला पनि छन। वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका अनुसार संक्रमितहरुको पूर्ण विवरण संकलन भइरकेको र दिउँसो ४ बजे पछि मात्रै सार्वजनिक गरिने तयारी गरिएको छ।