इन्द्रेणी संवाददाता
काठमाडौँ, ३ जेठ । नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ ।

koronanaनेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार पहिलो पटक मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुई जना सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरु महोत्तरीका ५२ वर्ष र काभ्रेका २६ वर्ष युवक हुने ।

शनिवार मात्रै नेपालमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कूल कोरोना संक्रमितको संख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।