इन्द्रेणी संवाददाता
दाङ, ३ जेठ । दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । शुक्रवार मात्रै कोरोना संक्रमणको पुष्टि भएका दाङको गढवाका २ जना, बाँकेको नरैनापुरका ८ जना र कपिलबस्तुका ३ जना गरी १३ जनाको उपचार भइरहेको कोरोन विशेष अस्पतलक प्रमुख ड. सर्वेश शर्माले बताए ।

photo Dangदाङमा पहिलो पटक कोरोना संक्रमण
दाङमा पहिलो पटक ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसअनुसार गढवा ४ र ५ का २३ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेर पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि भेरी प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

त्यहाँ पनि परिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु ११ दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका २३ र ३६ वर्षिय व्यक्ति ७ दिन कृष्णनगरको क्वारेन्टाइनमा बसेको बुझिएको छ । ७ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई गढवा गाउँपालिकाको एम्बुलेन्सबाट गढवा ल्याइएको थियो । उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखेर लमहीमा स्वाब संकलन गरी परीक्षणमा गर्न पठाइएको थियो ।

गढवाको क्वारेन्टाइनमा रहेकै अवस्थामा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । तर तुलसीपुर ७ का कोरोना संक्रमणको पुष्टि भएको व्यक्ति भने काठमाडौंमै बस्दै आएको र उनी स्वास्थ्यकर्मी भएको बताइएको छ । उनको स्थायी ठेगाना दाङ भएपनि उनी रानधानीमै कार्यरत छन् । उनको स्वाब पनि काठमाडौंमै जाँच गर्दा पोजेटिभ देखिएको हो ।

गढवाका दुई संक्रमितसँग आएका एक जना कहाँ हराए ?
दाङको गढवाका दुई जना कोरोना संक्रमितसँग कृष्णनगरबाट अर्का एक जना व्यक्ति पनि आएका थिए । गंगापरस्पुर स्वास्थ्य चौकीको एम्बुलेन्समा कृष्णनगरबाट दाङ ल्याइएका ती २ जनासँग आएका अर्का एक व्यक्ति कालाकाटेमा झरेका थिए । उक्त एम्बोलेन्समा मुम्बैबाट आएका २, गोरखपुरबाट आएका २ र ती एक व्यक्ति गरेर पाँच जना आएका थिए । उक्त व्यक्ति दाङको घोराही जानेभन्दै कालाकाटेमा झरेका थिए । संक्रमितसँग यात्रा गरेका ती व्यक्तिको प्रहरीले खोजी शुरु गरेको छ । सँगै आएका ४ जनामध्ये २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।