तुलसीपुर, १ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरुवात गरेको छ ।

97536392_10215989719606184_6097702650818592768_nकोरोना संक्रमणका कारण भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको काम खोसिएको भन्दै उपमहानगरपालिकाले कामका लागि खाद्यान्नको अभियान अगाडि सारेको थियो ।

श्रम वैकमा काम गर्न इच्छुकले वडा कार्यालय मार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए । उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि वताए ।

सरसफाई, सडक निर्माण, वृक्षारोपण लगायतका विभिन्न योजनाकामा उनीहरुलाई काममा लगाइने गरी उपमहानगरपालिकाले कार्यविधि समेत वनाएको प्रमुख खत्रीले वताए ।