इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ वैशाख । नेपालमा पछिल्लो समयमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दैै गएको छ । आज बुधवार मात्रै थप २४ जनामा कोराना पोजेटिभ पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप कोरोना संक्रमण पुष्टि हुनेमा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना कपिलवस्तुका ८ पुरूष, पार्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधवार दुई जना कोरोनाको उपचार भइरहेका निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।












