काठमाडौ, ३१ बैशाख । सीमा सुरक्षाका लागि दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

तस्बिर : सशस्त्र प्रहरी
बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत थापासहितको टोली त्यहाँ पुगेको थियो ।
दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गराएर त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोली छाङरु पुगेको थियो । तत्कालका लागि बीओपीमा २५ जनाको टोली रहनेछ । अब त्यहाँ सशस्त्र प्रहरीको १२ महिना उपस्थित रहने बताइएको छ ।











