दाङ, १९ बैशाख । दाङ प्रहरीले लकडाउनको उल्लङ्घन गरी पसल खोलेको आरोपमा शुक्रबार तुलसीपुरबाट ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लकडाउनको अवज्ञा गर्ने सातजना र उनीहरुलाई छोड्न सिफारिस गर्ने १ जना गरी ८ जनालाई पक्राउ गरेको हो।
अत्यावश्यक पसलभन्दा अन्य पसल खोलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेमा केदार भाँडा पसलका केदार गुप्ता, श्रृङगार पसलका ऋषीराम आचार्य, जितेस फेन्सी स्टोरका ईश्वरी गुप्ता, जुत्ता पसलका रामकुमार रावत, चप्पल पसलका धनबहादुर नेपाली, हार्डवयर पसलका भुपेन्द्र केसी, हियर कटिङका पद्मेश्वर ठाकुर रहेका छन् ।
यस्तै पक्राउ परेकालाई छोड्न भन्दै सिफारिस गर्ने तोकमान केसी रहेको प्रहरीले जानकारी दिएको छ ।











