इन्द्रेणी संवाददाता
बाँके, १९ बैशाख । बाँकेमा पनि एक जनामा पनि एक जनामाथि कोरोना संक्रमणको पुष्टि भएको छ । एक मस्जितमा पठनपाठन गराउदै आएको ६० वर्षिय मोलाना (धर्मगुरु) माथि कोरोनाको संक्रमण देखिएको हो ।
उनी नेपालगन्जको महेन्द्रपार्क नजिकको जुलाहन पुरवास्थित अन्सारी मस्जिदमा सहायकको काम गर्दै आएको प्रहरी स्रोतले जनााएको छ ।
सोे मस्जिदमा सहायकको काम गर्दथे भने उनको घर वडा प्रहरी कार्यालय र एमपी स्कूल बीचमको न्युरोडमा रहेको बताइएको छ ।
उनी विदेश गएको कुनै जानकारी प्राप्त नभएपनि लकडाउन शुरु हुनु अघि भारतको नानपारा लगायतका ठाउँमा गएको भन्ने बुझिएको छ । त्यस्तै रुपन्देहीमा पनि भारतबाट आएका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।











