शान्त कुमार बुढा मगर
लमाही, बैशाख ९ । दाङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सांसदहरुले आफ्नै स्वविवेक प्रयोग गरेर राहत वितरण गर्न सक्ने वताउनुभएको छ । सांसद मेटमणी चौधरीको सचिवालयले गरेको राहत वितरणन वारे जानकारी दिन लमाहीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो कुरा वताउनुभएको हो ।

IMG_5368
दाङ निर्वाचन क्षेत्र नं. १ अन्र्तगत लकडाउनका कारण प्रभावित, पिछडिएको क्षेत्रका घर परिवारलाई वितरण गरेको राहतको बारेमा मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको छ । पत्रकार सम्मेलनमा एकद्वार प्रणाली वारे पत्रकारहरुको प्रश्नको जवाफमा सांसद चौधरीले एकद्वार प्रणाली वाट वितरण गर्दा पिडित सम्म राहत समयका नपुग्न सक्ने भएकाले आफुले आफ्नै सचिवालय वाट वितरण गरेको वताउनुभयो । ‘मेरो जनताको लागि मैले नै गर्नुपर्छ । मैले जिल्लामा राहत दिने अनि त्यो राहत जनता सम्म पु¥याउन ढिला हुन्छ अनि जनता भोकै वस्ने कसरी कसरी हुन्छ ? त्यसैले सांसदले आफै स्वविवेकले राहत वाँड्न सक्छ वाड्नुपर्छ । ’ चौधरीले वताउनुभयो । उहाँले आफ्नो सचिवालय मार्फत विभिन्न स्थानमा खाद्यान्न तथा औषधि लगाएतका सामाग्री वितरण गरेको जानकारी दिँदै आगामि दिनमा लकडाउन लम्बीने संभावना भएकोले लमहीमै राहत संकलन गोदाम बनाउने योजना रहेको र प्रहरीहरुलाई थर्मल गन वितरण गर्ने तयारी रहेको वताउनुभयो । आफ्ना क्षेत्रका कसैलाई पनि भोकै मर्न नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भोकै मर्न नदिनको लागि समस्या निम्तीने वित्तीकै तत्काल सम्बोधन गर्ने वताउनुभयो ।
सांसद चौधरीको सचिवालयले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा १ सय ९० घर, बैशाख ३ गते तुलसिपुर उपमहानगरपालिका अन्र्तगतका अति विपन्न १ सय १० घर र बैशाख ५ गते घोराही उपमहानगरपालिका अन्र्तगत १० घर परिवारलाई राहत वितरण गरिएको सांसद मेटमणी चौधरीको सचिवालयका सदस्य सुरामनी बेल्वासेले जानकारी दिनुभयो । यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही, मनौरा, स्याउले र भौवानाकामा २सय ५६ घर परिवारलाई राहत खाद्यान्न वितरण गरिएको हो । सांसद मेटमणी चौधरीको सचिवालयले ८ हजार ८ सय किलो चामल, ६ हजार ३ सय ५० किलो सोयाविन, नुन ५ सय ५६ किलो, खाने तेला ४ सय २८ लिटर, हातधुने साबुन २ सय ७१ पिस, पिठो १ हजार २५ किलो, दाल ५ सय ५ किलो, चिनि २५ किलो, आलु ३ सय किलो र खुर्सानी ५० किलो दाङ निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानहरुमा पुगेर वितरण गरिएको जानकारी दिएको छ । अहिले सम्म ५ सय ८१ घर परिवारलाई राहत वितराण गरिएको सचिवालय सदस्य बेल्वासेले बताउनुभयो ।
यसैगरी २ हजार ३ सय पिस मास्क, सेनिटाइजर ५ सय लिटर, पंजा ११ सय ४० पिस, पि.वि.सि. ७ सेट दाङ जिल्ला भरी वितरण गरिएको छ । यस्तै ४० कुन्टल खाद्या सामाग्री नाका क्षेत्रमा पु¥याउने प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेकपाका साँसद सचिवालय सदस्य मिना गुरुङ, चुरामणी बेल्वासे , लमही नगरपालिका प्रमुख कु्लवहादुर केसी, उप प्रमुख देवका बेल्वासे, लमही नगरपालिका प्रवत्ता तथा वडा नम्बर ५ का अध्यक्ष बिमवहादुर केसी, ने.क.पा. दाङ्ग राजपुर गाउँपालिकाका अध्यक्ष चक्र वहादुर खड्का(शिखर) लगायतको सहभागिता रहेको थियो