काठमाडौंं, ८ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्वन्धि कानून ल्याउने निर्णय गरेको छ ।
केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने गरी कानून ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको छ । प्रधानमन्त्रीको प्रस्ताव स्वीकृत भएपछि कानून पारित गर्न राष्ट्रपतिको कार्यालयमा पठाइएको स्रोतले बताएको छ ।
यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था रहेको थियो ।











