काठमाडौं । कोरोना भइरस (कोभिड– १९) को संक्रमण फैलना नदिन पूर्वसतकर्ता अपनाउदै नेपाल सरकारले यूरोपियनमुुलुकसहित ५५ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरानोा (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानलगायत ५५ वटा देशका नागरिकलई नेपाल आउन पूर्णरुपमा प्रतिबन्ध लगाएको हो ।











