दाङ, १५ फागुन । नेपाल औषधि थोक व्यबसायी संघ प्रदेश नम्बर ५ शाखा कार्यालय दाङको आयोजनामा औषधी व्यबसायीहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम संचालन हुने भएको छ ।

DDAकार्यक्रममा व्यबसायिक प्रशिक्षणको लागि औषधि व्यबस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालसहितको विज्ञ टोली दाङ आउन लागेको संस्थाका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिए ।

राप्ती अञ्चल क्षेत्रभित्र औषधि व्यबसाय गरिरहेका सम्पूर्ण खुद्रा तथा थोक व्यबसायीहरुको लागि औषधीको समुचित प्रयोग, प्रतिजैविक प्रतिरोध, औषधी सम्बन्धी ऐन नियम कार्यान्वयन तथा नेपाल सरकारको बर्तमान कर निती साथै यस क्षेत्रमा बिकास भएका पछिल्ला आयामहरुको पुनर्ताजगी गर्ने उद्यस्यले व्यबसायी अभिमुखिकरण कार्यक्रम राखिएको संस्थाका उपाध्यक्ष तथा अभिमुखिकरण कार्यक्रमका संयोजक शेषकान्त ढकालले बताए ।कार्यक्रम फागुन १७ गते शनिवार हुदैछ ।