दाङ १० फागुन । यही फागुन १६ र १७ गते हुने राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समिति रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि प्रथम अधिवेशनको संघारमा छ । त्यसका लागि आन्तरिक तयारी भइरहेको प्रालिले जनाएको छ ।
अधिवेशनले नयाँं नेतृत्व चयन सहित यात्रुमैत्री यातायात सेवा तथा व्यवसायमैत्री यातायात सेवामा प्रतिवद्ध रहने मुख्य एजेण्डा पारित गर्ने छ । अधिवेशनमा सामाजिक उत्तरदायित्व वहन र दुर्घटना न्यूनिकरणका लागि विगत देखिकै अभियानलाई थप प्रभावकारी बनाउने सन्दर्भमा पनि ठोस निर्णय गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले बताए ।
सो अवसरमा दुर्घटना न्यूनिकरण अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने ६ जना चालकहरुलाई ५१ हजार नगदसहित सम्मान गर्ने छ ।











