इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिकाले घोराही शहरको इतिहास झल्काउन दुई मूख्य चोकमा घोडाको प्रतिमा स्थापना गरेको छ । घोराहीको ट्राफिक चोकस्थित गुम्रा चोकमा शनिवार घोडाको प्रतिमा स्थापना गरिएको छ ।

hhघोराही बजारको नाम घोडा शब्दबाट अपभ्रंश भएर रहन गएको इतिहास भएकाले बजारको इतिहासलाई जोगाइराख्न घोराहीस्थित भानुचोकमा स्थापना गरिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । गुम्राचोकमा भने शनिवार नै एक जोडी घोडाको प्रतिमाको उद्घाटन गरिएको छ । प्रतिमाको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका हुन् ।

उपमहानगरपालिकाको कार्यपालिकाले नै निर्णय गरेर ती दुई स्थानमा घोडाको प्रतिमा स्थापना गर्न लागिएको मेयर चौधरीले जानकारी दिए । गुम्राचोकमा घाडाको प्रतिमा स्थापनाका लागि २९ लाखको टेण्डर आह्वान गरिएको र अन्तमा २५ लाखमा सिल्भरबाट निर्मित प्रतिमा स्थापना गरिएको उपमहानगरपालिकाले बताएको छ । भानुचोकमा भने प्रतिमा राख्ने काम अघि बढिसकेको छ ।