इन्द्रेणी संवाददाता 

नेकपा नेतृ नवीना लामाले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको चरित्र प्रयास भएको बताएकी छिन् । बाँस्कोटालाई फसाउन सरकारबिरोधी अन्तर्राष्ट्रिय ठेकेदारहरूले सामूहिक षड्यन्त्र गरेको उनको दाबी छ । कसैको नाम नलिइकनै उनले बाँस्कोटाको बचाउ गरेकी छिन् ।

‘केवल अडियोको आधारमा कसैको चरित्र हत्याको प्रयास गरिनु हुँदैन । खाएको विष लाग्छ, नखाएको विष लाग्दैन । यो सरकार विरोधी शक्ति, केही पुँजीपति व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारहरूको सामूहिक षड्यन्त्र हो । सत्य–तथ्य बाहिर आउछ, तबसम्म धैर्य गरौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।