इन्द्रेणी संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले सरकारका प्रबक्ता तथा सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन ।
सरकारको मन्त्री तथा प्रबक्ता जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै कम्पनीको एजेन्ट संग करोडको बार्गेनिङ गरेको साँचो हो भने बास्कोटा कारबाहीको भागिदार हुनुपर्ने संसद चौधरीको भनाइ रहेको छ ।
करोडौं रकमको डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछी छानबिनका लागि मार्ग प्रसस्त गर्न मन्त्री बास्कोटाले राजिनामा दिनुपर्ने उनको भनाइ थियो ।
यदि उनिमाथी लगाएको आरोप प्रमाणित नभए मन्त्रीको मानमर्दन गर्ने ब्यक्तिलाई समेत कारबाही गर्नुपर्ने संसद चौधरीको भनाइ थियो ।










