काठमाडौं, २० माघ । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भु, काठमाडौंमा कार्यरत अधिकृतसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

ghusअख्तियारको टोलिले उक्त कार्यालयमा छैठौं तहमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई १३ हजार घूससहित पक्राउ गरेको हो ।

सेवाग्राही खतिवडाबाट सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घूस लिएको अवस्थामा उनीहरुलाई अख्तियारको टोलिले पक्राउ गरेको बताइएको छ ।