काठमाडौं, १० माघ । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् ।
दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी दर्शना सक्पर्क विहीन भएकी हुन् ।
अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएको बताइएको छ । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी हुन गएकी थिइन् ।











