तिर्थराज ज्ञवाली
देउखुरी, ८ माघ । आफ्ना अभिभावक तथा घरका ज्येष्ठ नागरिकको उत्कृष्ट स्याहार सुसार गर्ने ३५ सन्तानलाई राप्ती गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ ।

IMG_5700आफ्ना आमा बावु, सासु ससुरा, बाजे बजैको उचित पालन पोषण, रेखदेख, स्वास्थ्य उपचार तथा सम्मान पुर्वक संरक्षण गरेका सन्तानहरु मध्ये वडा गत रुपमा उत्कृष्ट पालल पोषण गर्दै आएका परिवारलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा लालनपालनमा विशेष सबैको ध्यान पुगोस भन्ने उदेश्यका साथ अग्रजहरुको सम्मानका लागि राप्ती गाउँपालिकाले प्रथम चरणमा उत्कृष्ट स्याहार सुसार गर्ने ३५ परिवारलाई सम्मान तथा पुरस्कृत गरेको र आगामी दिनमा अन्य परिवारलाई समेत सम्मान गरिने कार्यक्रममा जानकारी गरिएको छ ।

ज्येष्ठ नागरिक प्रतिको सम्मान, स्वीकार तथा लालनपालनमा विक्रिति विसंगति देखीन थालेकोले समाजमा आफ्ना अग्रज पुर्खाको उचित संरक्षणमा उत्साह थप्ने उदेश्यले राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई विशेष न्यानोकपडा, सहायक सामाग्री समेत प्रदान गरिसकेको छ ।
बुधबार राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको ज्येष्ठ नागरिकलाई स्याहार सुुसार सम्वन्धि प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका वडा नं १ का आफ्नो घरका ज्येष्ठ नागरिकको राम्रो स्याहार गर्ने जिवन खाति पुल्चोक, रमेश राना मगर भालुवाङ मेघराज न्यौपाने शान्तिपुर, र पाखापानीका स्यामलाल पोख्रेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

त्यसैगरी वडा नं २ बराखुटिका ऋषिराम गीरी, कठाहाका अनुप चौधरी, मुत्तिनगरकी जानकी चौधरी, रामनगर की तारी कुमाल, वडा नं ३ बाघढड्डीका महेन्द्र बेलबासे, प्रेम प्रकास चौधरी, मसुरीयाका गाृविन्द अधिकारी, वडा नं ४ सुन्दरपुरकी सीता शर्मा, जनकपुरकी रामकृष्णी चौधरी, खिनैटाकी लक्ष्मी मल्ल, मझनिगढकी सुसीला महरा, वडा नं ५ सिसहनियाका मनिराम चौधरी, पहरुवाका गोकर्ण पौडेल, सिसहनियाकै स्यामा रावत, राम प्रसाद चौधरी, वडा नं ६ बगरापुरकी राम देवाली चौधरी सम्मान तथा पुरस्कृत गरेको हो ।

त्यसैगरी पत्थरगढवाकी सुनिता चौधरी, मझेरीयाकी राज कुमारी चौधरी, सगरापुरकी अम्वकिा पुरी, वडा नं ७ छोट्की सिसहनियाका विश्वम्भर ज्ञवाली, चुमादेवि ज्ञवाली, रामदास चौधरी, अर्नाहनपुरका शुनिल कुमार चौधरी, भानपुरका रामचन्द्र अधिकारी, वडा नं ८ पीपरीका ललीत चन्द्र चौधरी, दुर्गा भट्राई, नारायणी चौधरी, विजौरीका प्रकाश पौडेल, वडा नं ९ रुपमाकोटका कालु कामी, ताम बहादुर खैकला, बाहुरी पाटाका भेष बहादुर कार्की, घोषखोलाका विरेन्द्र बहादुर कार्की लाई राप्ती गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको हो ।