इन्द्रेणी संवाददाता
तुलसीपुर, ८ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १० गतेदेखि आयोजना गर्न लागिएको तुलसीपुर महोत्सव २०७६ तीन सुरक्षा निगरानीमा रहने भएको छ ।

13333आयोजकले तीन तहको सुरक्षा व्यवस्था गरेको मूल आयोजक संयोजक विरबहादुर रावत ‘विरू’ ले बताए । महोत्सवमा प्रहरी, स्वयमसेवक र सिसी क्यामराबाट सुरक्षाको व्यवस्था मिलाइएको छ । महोत्सवको उद्घाटन शुक्रवार हिावन ११ बजे पर्यटन मन्त्री योगेश भट्टराइले गर्ने छन् ।