
इन्द्रेणी संवाददाता
काठमाडौं । सभामुखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ । सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयले सूचना टाँसेर जनाएको छ।
संसद् सचिवालयले अन्तिम नामावली प्रकाशनको सूचना टाँसेर नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको जनाएको हो । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राजपाका सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामुख ओनसरी घर्ती रहनुभएको छ ।










