इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । दाङ चेम्वर अफ् कमर्शको आयोजनामा दाङ घोराहीमा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक तथा कृषि औद्योगिक महोत्सव २०७६’ हुने भएको छ ।

IMG_20191224_154136घोराहीको कृषि समाग्री कम्पनीको मैदानमा माघ १० गतेदेखि २२ गतेसम्म महोत्सव हुने भएको हो । नेपाल सरकारले यस वर्षलाई नेपाल भ्रमण वर्ष २०२० को रुपमा मनाउने योजना अघि सारेसँगै भ्रमण वर्षलाई सफल पार्न र स्थानीय पर्यटन, व्यापार तथा कृषि क्षेत्रलाई माथि उठाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको दाङ चेम्वर अफ् कमर्शका अध्यक्ष श्रीधर महराले बताए ।

महोत्सव सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमती लिनुका साथै महोत्सव स्थलका लागि सम्बन्धीत निकायसँग सम्झौता गर्ने काम भइसकेको आयोजक संस्थाले जनाएको छ ।

मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवमा विशेष गरी स्थानीय पर्यटन क्षेत्रको विकास, स्थानीय उत्पादन, कला संस्कृतिलाई प्राथमिकता दिने आयोजक संस्थाका उपाध्यक्ष घनश्याम अधिकारीले बताए । महोत्सवमा विभिन्न प्रकारका २५० स्टल रहने छन् ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनश्याम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव सागर खनालले गरेका थिए ।