दाङ, ७ पुस । दाङ जिल्लामा चालू आर्थिक वर्ष २०७६/७७ मा साना र ठूला गरी १२८ ओटा खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । त्यसमध्ये संघीय सरकारबाट ८२ र प्रदेश सरकारबाट ४६ खानेपानी आयोजना रहेको बताइएको छ । ती आयोजनाका लागि संघीय सरकारले १४ करोड र प्रदेश नं। ५ सरकारले  २९ करोड गरी करीब  ४३ करोड बजेट विनियोजन गरिएको छ ।

paniप्रदेश नं. ५ ले आगामी ३ वर्षभित्र सबै नागरिकको घरमा खानेपानी र शौचालय पु¥याउने लक्ष्यका साथ करीब रू। २९ करोड बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङले बताएको छ । डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले सबै आयोजनाका काम सुचारु रहेको जानकारी दिए ।

पोखरेलका अनुसार ती आयोजना ठेक्कामार्फत कार्यान्वयन भइरहेका छन् र केही यसै वर्ष सर्भे हुनेछन् । प्रदेश सरकारबाट सञ्चालन हुने आयोजनाहरू यसै वर्ष सर्भे हुने उनले बताए ।