इन्द्रेणी संवाददाता
दाङ, २ पुस । दाङमा एक वर्षको अवधिमा २२४ मानवअधिकार उलंघनका घटना भएका छन् । सन् २०१९ जनवरीदेखि डिसेक्वर १८ सम्ममा जिल्लामा विभिन्न २२४ मानवअधिकार उलंघनका घटना भएका हुन् ।

aaअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि आज घोराहीमा आयोजित वर्ष पूर्व समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

यो वर्षमा १७९ घटना गैरराज्य, ३५ राज्य र १० वटा घटना अज्ञात पक्षबाट भएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिए । जसमा १७२ महिलासहित २५० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ । घटनामा ५१ वर्षदेखि ६५ वर्षका बृद्धाहरुलाई वौक्सीको आरोपमा कुटपीटि गर्ने काम देखि ५ वर्षे वालिका देखि ५५ वर्षिया बृद्धासम्मलाई बलात्कार गर्ने काम भएको तथ्याङ्कमा उल्लेख छ ।

Nnnn

मानवअिधकार सञ्जालका संयोजक केशव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, घोराही कारागार प्रमुख विष्णु पाण्डे, नेपाली काग्रेसका शंकर डाँगी, नेकपामा विवेक श्रेष्ठलगायतले आफ्ना विचार व्यक्त गरेका थिए । इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकका बारेमा इन्सेक दाङ जिल्ला सहजकर्ता विनोद केसीले गराएका थिए ।