सुर्खेत, २ पुस । चालू आर्थिक वर्षको पहिलो ४ महीनामा कर्णाली प्रदेशको विकास बजेट कार्यान्वयन निराशाजनक देखिएको छ ।

Main-Mantriparishadप्रदेश सरकारले उक्त अवधिमा शून्य दशमलव ३५ प्रतिशत मात्र पूँजीगत बजेट खर्च गर्न सकेको छ । प्रदेशको कुल पूँजीगत बजेट २१ अर्ब २९ करोड ३७ लाख ७२ हजारमध्ये ७ करोड ४४ लाख १४ हजार मात्र खर्च भएको हो ।

प्रदेश सरकारले चालू आवको पहिलो चौमासमा पूँजीगत र चालूतर्फ गरी १ दशमलव ६१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट निकासामा ढिलाइले बजेट कार्यान्वयन सुस्त देखिएको सरकारी अधिकारीहरूको तर्क छ ।

उक्त अवधिमा चालूतर्फ ४७ करोड ९७ लाख १६ हजार रुपैयाँ खर्च भएको प्रदेशको आर्थिक मामिला मन्त्रालयले बताएको छ । चालू आवमा प्रदेशको कुल बजेट ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ छ ।