दाङ,१ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसका अबसरमा मंगलवार घोराहीमा रक्तदान गरिएको छ ।
रक्तदान कार्यक्रममा १८ जना पत्रकारहरुले रक्तदान गरेका थिए ।

pnjरक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र वली, पूर्व उपाध्यक्ष लक्ष्मी आचार्य, गणेश वली, लिलाधर वली, कमल वली, जनक नेपाली, देवी भण्डारी, लोकराज साधक, जंग रेउले, विवेक खड्का, संगीता चौधरी, नविन अभिलाषी, यमकला भुसाल, छवि पुरी, प्रकाश चौधरी, खड्ग शर्मा र पिताम्वर रिजालले गरेका छन् ।

कार्यक्रम शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको थियो । नेपाल पत्रकार महासंघको आयोजना तथा रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।