तिर्थराज ज्ञवाली
देउखुरी, १ पुस । राप्ती गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकको सम्मान गर्दै चिसोबाट बच्नका लागि न्यानो कपडा तथा सामाग्री वितरण शुरु गरेको छ । राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो ।

IMG_4566आज सोमवार वडा नं ३ वाट शुरु गरिएको न्यानो कपडा वितरण कार्यक्रममा ज्येष्ठ नागरिकलाई ब्लाङकेट प्रदान गरिएको छ । राप्ती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्र चौधरीको अध्यक्षता गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ३ का ८४ वर्ष माथिका १९ ज्येष्ठ नागरिकलाई न्यानो वितरण गरिएको थियो ।