दाङ, ३० मंसिर । बाल विकास घोराहीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शक्तिराम डाँगी सर्वसम्मत रुपमा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले डाँगीलाई अध्यक्षतमा सर्बसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै समितिको सदस्यहरुमा दिलकुमारी बुढा, निर्मल देवकोटा, बिनोद रोकामगर, कुमारी पुन, माया विक, नैनशिंङ घर्ती मगर चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्र.अ राजेन्द्र श्रेष्ठ रहेका छन् ।











