घोराही, २९ मंसिर । घोराही–१५ स्थित सरस्वती माध्यामिक विद्यालय काठेकोहलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् ।
आज आइतवार सम्पन्न अभिभावक भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षतामा चयन गरेको हो । भेलाले श्रेष्ठको अध्यक्षतामा सुुदिप गौतम, तिलक रावत, विष्णु कालाथोकी, सुलोचन प्रधान र पुुष्पा पाण्डे रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।











