सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय पनि खुलेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

20191215_095632दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का अन्दाजी २४ वर्षका सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षका सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षका जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षका मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का अन्दाजी २९ वर्षका महेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षका चिनु बस्नेतको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको थियो ।