इन्द्रेणी संवाददाता
भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ।
बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा १४जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।
उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ। बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।
थाहाखबरबाट











