तुलसिपुर,, २७ मसिर । घोराही सिमेन्ट अन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा सङघलाई कम्मल बितरण गरेको छ ।
बिहिवार एक कार्यक्रमका बिच सङघले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएका साना साना बालबालिकालाई प्रयोग गर्न सजिलो होवस भन्ने उदेश्यले बिगतका बर्षहरुझै यश बर्ष पनि करिब तीस हजार बराबरको ७० थान कम्मल हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दैे प्रमुख अतिथि यातायात ब्यबसायी राष्ट्रिय महासङघका सल्लाहकार सुरेश हमालले साना साना बालबालिकालाई सहयोग गर्न आफु तयार रहेको बताए ।











