सल्यान, २० मंसिर । चालू आर्थिक वर्ष २०७६/७७ मा सल्यानमा धानको उत्पादन बढेको छ । खाद्यान्नमा आत्मनिर्भर जिल्लामा यस वर्ष धान उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो ।

dhannnजिल्लामा चालू आवमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसमा २९ हजार ३७२ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवभन्दा यस वर्ष ४१२ मेट्रिक टन बढी उत्पादन भएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । यो वर्ष उन्नत जातको धानको बीउ प्रयोग, अनुकूल मौसम र रोगकीरा नलागेका कारण धान उत्पादन वृद्धि भएको उनको भनाइ छ ।

धानको उत्पादन बढे पनि यो वर्ष जिल्लामा मकैको उत्पादन भने घटेको छ । यो वर्ष सल्यानमा ६० हजार २५७ मेट्रिक टन मकै उत्पादन भएको बस्नेतले जानकारी दिए । १६ हजार ३६० हेक्टरमा लगाएकोमा समयमै वर्षा नहुनु तथा अम्लीय वर्षाका कारण मकैको उत्पादन घटेको उनले बताए । गत आवमा ६२ हजार १४५ मेट्रिक टन मकै उत्पादन भएको थियो अभियानमा खबर छ।