काठमाडौं, २० मंसिर । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला खेलाडीले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ । नेपाललाई उक्त अवसर सञ्जु चौधरीले जुराइन् । उनले पोखरामा सम्पन्न महिला ५९ किलो तौल समूहमा स्वर्ण जितिन । क्लिन एण्ड जर्कमा ५९ किलो र स्न्याचमा ७४ गरी कुल १७१ किलो तौल उचालेकी थिइन् ।
यसैगरी नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) मा ३६ स्वर्ण जितेको छ । सागको पाँचौं दिन नेपालले आठ स्वर्ण जितेपनि पदक तालिकामा दोस्रो स्थानमा यथावत् रहयो । चौथो दिन १५ स्वर्ण जितेर पदक तालिकाको शिर्ष स्थानमा उक्लेको भारतीय खेलाडीले पाँचौं दिन पनि उक्त लयलाई निरन्तरता दिदा सबैभन्दा बढी १५ स्वर्ण जितेर शिर्ष स्थानमा आफ्नो वर्चश्वलाई यथावत राखेको छ ।
पदक तालिकामा भारत ५७ स्वर्णसहित शिर्ष स्थानमा छन् । नेपालले भने पाँचौं दिन नै आफ्नो बिगत्को कीर्तिमानलाई भङ्ग गर्दै अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्न सफल भयो ।











