दाङ, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार सुरेशबहादुर केसीले प्रचारलाई तीब्र बनाएका छन् । पार्टीका नेता, कार्यकर्ता र शभचिन्तकको सहभागीतामा केसीले प्रचारलाई तीब्र बनाएका हुन् ।
घोराही १६ को वडाध्यक्ष पदका लागि सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका केसीले वडाका सबै टोलमा अभियानलाई तीब्र बनाएका हुन् । उल्लेख्य नेता कार्यकर्ताको सहभागीतामा केसीले सबै टोलमा अभियानलाई पु¥याउन लागेका छन् ।
केसीको नेतृत्वमा बिहीबार (आज) वडाका शक्ति, सिर्जना र सपना टोलमा प्रचार अभियानलाई लगेका छन् । प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज जीवन गौतम, जिल्ला सचिब सुबास पुन, कार्यालय सदस्य अजयदिप शर्माको सहभागीता रहेको थियो ।











