दाङ, ५ मंसिर । दाङमा पहिलो पटक अटोमेटिक स्यानेटरी प्याड वेन्डिङ् मेसिन बजारमा आएको छ । यसको आधिकारिक विक्रेता गोरेटो इन्फोवेय्स प्राइभेट लिमिटेडले यो मेसिन भित्राएको हो ।

sswएक पटकमा ५० वटा प्याड राख्न सकिने त्यो मेसिनबारे आज प्रालिका प्रबन्ध निर्देशक सुरज वुढाथोकीले जानकारी दिएका छन् । मेसिनमा एटिएम कार्ड जस्तै कार्ड प्रयोग गरिने र सो कार्ड मसिनमा हालेपछि आवश्यकता अनुसार सेनेटरी प्याड निकाल्न सकिने उनले बताए । विशेष गरी विद्यालयमा प्रयोग गर्न सकिने उक्त मेसिनको मुल्य ८८ हजार रहेको छ । यो भन्दा फरक फरक मूल्यका पनि रहेको उनले बताए ।