रीता लामा
घोराही, ४ मंसिर। अहिले देशभर उपनिर्वाचनको चलहपलह छ । दलहरु आआफ्नो उमेद्वार सहित चुनावी मैदानमा उत्रिएका छन् । आआफ्नो एजेण्डा लिएर उनीहरु जनताको घरदैलोमा आआफ्नो चुनाव चिन्हमा छाप लगाउन लागि भनिरहेका छन् भने ठाउँ ठाउँमा दलहरुले आमसभा, भेला, भेटघाटको कार्यक्रम गरिरहेका छन् ।

bimala oli 1दाङमा पनि प्रदेश नम्वर ५ अन्तर अन्तरगत क्षेत्र नम्वर ३ (ख) र घोराही उपमहानगरपालिका वडा नम्वरमा वडा अध्यक्ष पदको लागि निर्वाचन हुदैछ । घोराहीमा संचालन भएको वडा अध्यक्ष पदको लागि ५ वटा राजनीतिक दल र २ जना स्वतन्त्र उमेद्वारी गरी ७ जनाले उमेद्वारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा), प्रतिपक्ष दल नेपाली काग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र साझा पार्टीले आआफ्नो समेद्वारी दिएका छन् । ती मध्ये कोही पनि दलले महिलालाई उमेद्वारी बनाएका छैनन् । भने स्वतन्त्रमा उठेका दुई जना पनि पुरुष नै हुन् ।

उत्ता प्रदेश ५ अन्तरगत दाङको क्षेत्र नम्वर ३(ख) अन्तर गत १२ वटा दल र २ स्वतन्त्र गरी १४ जनाले प्रदेशसभा सदस्यको लागि उमेद्वारी दिएका छन् । प्रदेशसभा सदस्यमा उमेद्वारी दिएका १४ जना मध्ये दाङमा एक जना मात्र महिला उमेद्वारी हुनुहुन्छ । सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मात्रै उक्त उपनिर्वाचन क्षेत्रमा महिलालाई उमेद्वारको रुपमा विश्वास गरेर अगाडी सारेको छ । भने अरु कुनै पनि दलले महिला उमेद्वार दिन सकेका छैनन् । स्वतन्त्र तर्फबाट चुनावि मैदानमा उत्रिएका दुई जना पनि पुरुष नै हुन् ।

विकासप्रेमी नेताको रुपमा आफ्नो छवि स्थापित गरेका स्वर्गीय उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि पार्टीले उनकी पत्नी विमला वलीलाई पाटीले अगाडी सारेका छ । स्वर्गीय उत्तर वली जनता माझ लोकप्रिय नेता भएको कारणले पनि जनताको मन जित्न सक्ने सम्भावित उमेद्वारको रुपमा उनकी पत्नीलाई सत्तारुढ दलले अगाडी सारेको आकलन गर्न सकिन्छन् ।

पार्टीबाट उमेद्वारको रुपमा टिकट पाए लगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा विहान देखि साँझसम्म चुनावी अभियानमा व्यस्त हुन थालेकी छन् । चुनाव अघिको समयमा कोही कसैको अगाडी बोल्दा पनि आफ्नो पतिको नाम आउने वित्तिकै आँशु झार्ने विमला अहिले क्रमश बलियो बन्दै गएको उनको भनाबाट पनि प्रष्ट हुन्छ । विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उनको सोच छ । ‘अरु नेताजस्ता महिलाहरु बोलक्ड नहोलान्, ठुलाठुला सपना देखाउन नजानेका होलान् । तर इमान्दार भएर काम गर्न जानेका छन् ।’ उनले भनिन् ‘महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।’

उसो त अहिले केन्द्र, प्रदेशदेखि स्थानिय सरकार समेत विमलाको पार्टी कै छ यसकारण पनि एक्ली महिला उमेद्वार भए पनि उनी सबै भन्दा बलियी उमेद्वारको रुपमा चुनावि मैदानमा देखिएकी छन् । प्रतिपक्ष नेपाली कांग्रेसले उनलाई बोल्न नजान्ने वा पतिको मृत्यु पछि अवसर पाएकी नेता भनेर आरोप लगाउने गरेको छ ।

राजनीतिबारे पुरानो अनुभव नभए पनि उनी खुला राजनीतिमा पहिलो पटक होमिएकी छन् । यसलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्छिन् । साथै बोलेर होइन आफुले गरेर देखाउने अठोट लिएको बताए ।

महिला मात्र नभएर प्रदेश सदस्य पदको लागि उनी सम्भवत् अरु भन्दा कान्छी उमेद्वार पनि हुन् । विक्रम संवद २०४१ साल माघमा जन्मिएकी विमला अहिले ३५ बर्ष मात्र पुगेकी छन् । २०६५सालमा नेकपाका नेता उत्तर वलीसँग विवाह गरेकी उनी सरदर १० बर्षको सहयात्रा नसकिदै एक्ली हुन भइन् ।

अहिले उनीसँग निकै सानो उमेरका दुई छोरा छन् । एउटा ९ बर्षको प्रणय वली कक्षा ४ मा पढ्छन् भने सानो छोरा प्रतिक ७ बर्ष मात्र पुगेका उनी २ कक्षामा पढ्हुछन् । वली दंगिशरण गाउँपालिका ६ लेटारकी स्थायी बासिन्दा हुन् । सानो काख मै खेलाउनुपर्ने छोराहरु छोडेर उनी पतिको सपना र विकासे योजनालाई निन्तरता दिन कम्मर कसेर चुनावै मैदानमा होमिएकी छन् । जित उनको पक्षमा आउछ या आउदैन समयले बताउला ।