इन्द्रेणी संवाददाता
दाङ, ३ कार्तिक । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो शाखाका प्रदेश नम्बर ५ पार्षद महेश रिजाल मुटुको विरामी परेपछि ‘पत्रकार महेश रिजाल उपचार सहयोग अभियान’ शुरु गरेको छ ।

maheरिजालको मुनुका ३ बटा भल्व नै बन्द भएपछि उनको अप्रेशनका लागि ठूलो रकम खर्च हुने भएपछि यो अभियान सञ्चालन गरिएको हो । महासंघले सबै सदस्यहरुबाट अनिवार्य रुपमा सक्दो सहयोग संकलन गर्ने, महासंघ केन्द्र र प्रदेश र गैरसरकारी संस्थालगायतबाट सहयोग संकलन गर्ने महासंघले जनाएको छ ।

सहयोग संकलनका लागि शाखा अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र सुवेदी, उपाध्यक्ष लिला शाह, गोकर्ण पौडेलको संयोजकत्वमा विभिन्न समिति गठन गरेको छ ।