काठमाडौँ, १ कार्तिक। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

Election-Commissionत्यस्तै  सोही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यसैगरी मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने कार्यातालिकामा उल्लेख छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । जुअनुसार प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२, प्रदेशसभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र– २ र दाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा उपनिर्वाचन हुँदैछ ।