तुलसीपुर, १ कार्तिक । रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीलाई सम्मान गरेको छ ।

suren gcक्लवको नियमित कार्यक्रम अन्तर्गत शिक्षा मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको अध्यक्ष नविन राईले जानकारी दिए । जिसीले लामो समयदेखि तुलसीपुरको शिक्षाको गुणस्तरियता वृद्धिका लागि काम गर्दै आएका छन् । ज्ञानज्योति माविलाई फाउन्डेसनका रुपमा सञ्चालन गरेर उनले तुलसीपुरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष नविन राइको अध्यक्षता एवम् सम्मानिक व्यक्तिको जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै जिसीले सम्मान पाएपछि आफुलाई शिक्षा क्षेत्रमा थप जिम्मेवार भएर लाग्न प्रेरणा मिलेको वताए । उनले गरिब तथा निम्नवर्गका विद्यार्थीहरुका लागि विद्यालयले विशेष छात्रवृत्ति दिएर अध्यापन गराइरहेको समेत वताए ।

रोट्रयाक्ट क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै उनले निरन्तर अगाडि वढ्न आग्रह समेत गरे । क्लवका प्रस्तावित अध्यक्ष हेमराज वस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिसीको जीवनी कोषाध्यक्ष नारायण गौतमले प्रस्तुत गरेका थिए ।