इन्द्रेणी संवाददता
दाङ, ३० असोज । दाङमा आज नेपाल कम्युष्टि पार्टी (नेकपा) ले चियापान कार्यक्रम गरेको छ ।

cpnघोराहीस्थित जिल्लाको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने नेकपाका नेताहरुले नेपालमा लोकतन्त्र स्थापना हुँनु ठूलो उपलव्धी भएको बताए । उनीहरुले यो व्यवस्थाले जनताका हकअधिकार सुनिश्चित गर्नुका साथै राजीतिक रुपमा पनि सबैलाई फाइदा गरेको बताए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले पछिल्लो समयमा राजनीति सेवाभन्दा पनि धन कमाउने व्यापार भएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अहिलेको सरकार मुलुकको संमद्धितर्फ जुटेको भन्दै मुलुक विस्तारै संमृद्धिको बाटोमा उन्मुख भएको दावी गरे ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ इञ्चार्ज जीवन गौतम, नेकपा दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।